पशुपतिमा फोटो खिच्नेलाई जरिवाना हुने

240

साझाट्युव : २३ साउन, वीरगञ्ज ।

पशुपति मन्दिरमा पुगेर फोटो खिच्दै हुनुहुन्छ भने होसियार रहनु होला । तपाइको मोबाइल जफत हुन सक्छ । पशुपति क्षेत्र विकास कोषले कोइ कसैले लुकेर फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही हुने भएको हो ।

कोषका अनुसार तोके अनुसारको शुल्क भुक्तानी गरेर बैंकमा दाखिला हुनुपर्नेछ। शुल्क नतिरेमा फोटो खिच्‍न प्रयोग गरिएको उपकरण समेत जफत हुने कोषले जानकारी दिएको छ ।

कोषद्वारा जारी भएको सूचनामा लेखिएको छ,’ जरिवाना बुझाएपछि खिचिएको फोटो तथा भिडियो हटाएर मात्र सो उपकरण दर्शनार्थीलाई फिर्ता दीइनेछ ।’

मोबाइल,लगायत कलम र घडीमा समेत क्यामेरा जडान हुने भएको हुँदा कुनै पनि अवस्थामा मन्दिर परिसर र वरिपरिको फोटो खिच्न नमिल्ने सूचना टाँस गरिएको छ । अंग्रेजी र नेपाली दुवै भाषामा तथा सांकेतिक रुपमा फोटो खिच्नलाइ प्रतिबन्ध गरिएको कोषले उल्लेख गरेको छ ।

LEAVE A REPLY