तिमी साह्रै राम्री छौ बाहिरबाट, तर थुतुनो चाहिँ ठीक छैन । म फेरि पनि भन्छु । मेरो प्रवृत्ति यही हो -केशव स्थापित

162

साझाट्युव : वैशाख २०, काठमाडौं ।  

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटूबारे प्रश्न गर्ने युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका छन् ।

काठमाडौं महानगरपालिका–१० मा मंगलबार आयोजित कार्यक्रममा एमाले उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिलाई महिला हिंसा भनिएकोमा असन्तुष्टि जनाए ।

उनले भने, ‘मैले ठूलो स्वरले कराएपछि महिला हिंसा भइहाल्ने रहेछ ! महिलाले चाहिँ चिथोरे पनि हुने, पछारे पनि हुने, ढुंगाले हाने पनि हुने !’

नेशनल कलेजको त्यो कार्यक्रममा आफूलाई अनावश्यक रुपमा उत्तैजित पारिएको समेत स्थापितले बताए ।

हालै मात्र नेशनल कलेजले मेयरका उम्मेदवारहरुसँग गरेको अन्तर्क्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गरेकी थिइन् । जवाफमा स्थापितले ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भनेका थिए ।

‘छोरीभन्दा छोरीको उमेरले बोलेको हेर्नुस्, बोलीको कर्कशता हेरौं न ! मान्छे पनि हो कि होइन जस्तो लाग्यो । अमानवले बोले जस्तो !’ प्रश्नकर्ता राउतको नाम नलिई उनले भने, ‘अमानवलाई मैले मानवीय व्यवहार गर्नुपर्छ जस्तो लागेन । त्यसपछि मैले भनेको तिमी साह्रै राम्री छौ बाहिरबाट, तर थुतुनो चाहिँ ठीक छैन । म फेरि पनि भन्छु । मेरो प्रवृत्ति यही हो ।’

तेस्तै अर्को उनको प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाह प्रति पनि उनको खेदो छ।

उनले , बालेनले आफ्नो फोटो राखेर लौरीमा भोट भन्दै सामाजिक सञ्जालमा प्रचार गरेको आरोप लगाएका छन्।

यसअघि स्थापितले बालेनलाई परिचय लुकाएर भोट माग्न नआउन भनेका थिए।

आज काठमाडौं १० का बासिन्दासँग अल्फाहाउस नयाँ बानेश्वरमा आयोजित अन्तर्क्रियामा स्थापितले फेरि बालेनका कुरा निकाल्दै परिचय खुलाएर आउन गरेका थिए।

‘केशव स्थापितलाई जिताऔं भन्दै मेरो टाउको राखेर लौरोमा छाप हालौं भन्दै प्रचार गरेका रहेछन्,’ उनले भने, ‘हामीले पनि बालेनको फोटो राखेर लाल्टिनमा भोट हालौं भन्यो भने के हुन्छ? यस्तो अपराध गर्न हुन्न।’

स्थापितले परिचय खुलाएर आउन पनि बालेनलाई आग्रह गरेका थिए।
‘त्यसैले मैले भनेको ठग नगर है। यस्तो चल्दैन काठमाडौंमा। गाउँमा ठग्न पाइन्छ होला। यहाँ हातहातमा मोबाइल छ। केशव स्थापितको पुस्ता नै काठमाडौंले चिन्छ,’ उनले भने, ‘मेयरमा भोट माग्ने हो भने परिचय खुलाएर आउनुपर्‍यो नि!’

बालेनका र्‍यापमाथि पनि स्थापितले टिप्पणी गरेका छन्।

‘जे पनि गरिदिने अनि र्‍याप भनिदिने?,’ उनले भने। आफू र बालेनबीच केही समयअघि दुई घन्टा कुरा पनि भएको उनले बताए।

‘मैले भेटमा खिचापोखरी भनेको के हो भनेर सोधेँ,’ स्थापितले भने, ‘खिचा भनेको कुकुर हो, कुकुर पोखरी पो भन्छ। खिचा भनेको मुहार हो। यति बुझेर आउ भनेको हो।’

LEAVE A REPLY