तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन मन्त्री आलेको अल्टिमेटम

383

साझाट्युव : चैत १०,काठमाडौं।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र ९० करोड पचास लाख बक्यौता बुझाउन अल्टिमेटम नै दिएका छन् ।

पटक-पटकको सार्वजनिक सूचनाको साथसाथै सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकहरुले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले यस्तो अल्टिमेटम दिएका हुन् ।

पर्यटन विभागले जनाए अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ ।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्‍याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ भने यदि रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाएमा कारबाहीको चेतावनी समेत दिइएको छ ।

LEAVE A REPLY