तीन महिनामा विदेशी फिल्म ल्याउन २१ करोड ४२ लाख बाहिरिएको छ

256

साझाट्युव : १७,साउन, काठमाडौं ।

गत वैशाख बाट असार सम्म विदेशी फिल्मको अधिकार खरिद गरेबापत नेपालबाट २१ करोड ४२ लाख रुपैयाँ विदेशिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सार्वजनिक भएको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक प्रगति विवरणमा उक्त कुरा उल्लेख गरेको छ । जसमा उक्त रकम बराबरको सिफारिस मन्त्रालयदेखि भएको छ ।

१० करोड १ लाख रुपैयाँ बराबरको भारु र ११ करोड ४० लाख रुपैयाँ बराबरको अमेरिकी डलर विदेश पठाएको सिफारिस गरेको छ । निर्माताले उक्त समयामा स्पाइडरम्यान, डक्टर स्ट्रेन्ज, आरआरआर, केजीएफ : च्याप्टर २, पुष्पाजस्ता फिल्म ल्याउन वितरकले उच्च रकम विदेशी कम्पनीलाई भुक्तानी गरेको अनुमान छ ।

विदेशिएको यो रकममा फिल्मले गर्ने कमाइ समावेश गरेको छैन । ‘केजीएफ : च्याप्टर २’ एक्लोले २० करोड ग्रस कमाइ गरेको हो । नेपाली वितरकद्वारा दक्षिण भारतीय र हलिउड कम्पनीलाई फिल्म ल्याउन महंगो मूल्य तिरिरहेका छन् । गत साता आमिर खानको ‘लाल सिंह चड्डा’को भारतीय वितरकलाई मात्र २ करोड रुपैयाँ दिएको छ ।

सोही अवधिमा २८ वटा फिल्मको जाँच छ । सरकारद्वारा फिल्म छायांकन र प्रदर्शन अनुमति दिएबापत ५ लाख २० हजार रुपैयाँ राजस्व समेत प्राप्त भएको छ । १० वटा विज्ञापन फिल्म, १२ वटा विदेशी र डकुमेन्ट्री फिल्म छायांकन गरेको छ ।

LEAVE A REPLY