दमकमा एमालेका उम्मदेवारको अग्रता यथावत

325

साझट्युब : ३१, वैशाख, झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा मेयरमा एमालेका उम्मदेवारको अग्रता कायमनै रहेको छ ।

यहाँ एमालेविरूद्ध सत्तारढ गठबन्धनका दलले राप्रपासँग मिलेर सोही दलका राम थापालाई मेयर उम्मेदवारमा उठाएका हुन् ।

हालसम्म ७ सय ६५ मत गणना भइसकेको छ।

एमालेकी मेयर उम्मेदवार गीताकुमारी पौडेल(अधिकारी)ले ३ सय ८० मत प्राप्त गरेकी छिन् ।

अधिकारीलाइ पच्छ्याइरहेका सत्ता गठबन्धनसहित राप्रपाका राम थापाले ३ सय ६१ मत पाएका छन्।

उपमेयरमा भने कांग्रेसकी रेगिना भट्टराईले ३ सय ५८ मत ल्याएकी छन् भने एमालेका अम्बिकाप्रसाद भट्टराईले ३ सय ४० मत ल्याएका छन्।

 

LEAVE A REPLY