साझाट्युव : चैत ९, एजेन्सी।
भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की आएको बताइएको छ । तहरीक-ए-तालिबानको इन्डिया सेलद्वारा दिल्लीमा हमला गर्ने धम्की दिइएको हो ।
यस्तो धम्की आएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले फुकी रहेका छन् । यससन्दर्भमा दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको थियो ।
तहरीक-ए-तालिबानले ईमेलमार्फत धम्की पठाउदै दिल्लीमा बम विस्फोट गर्ने कुरा उल्लेख गरेको दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीले बताए।
हमला बारे जानकारी प्राप्त गर्ने बित्तिकै दिल्ली प्रहरीले संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थित बढाएको थियो ।