दुई दिने भ्रमणका लागि रुसी विदेशमन्त्री लाभरोभ आज भारत आउँदै

157

साझाट्युव : चैत १७ ,एजेन्सी ।
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज बिहिबार भारत आउँदैछन् । गत २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि रुसको तर्फबाट भारतमा हुन लागेको यो नै उच्चस्तरको भ्रमण हो । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा रहेको छ ।

भारतीय विदेश मन्त्रालयको वेबसाइटका अनुसार रुसी विदेशमन्त्रीले ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण गर्ने लेखिएको छ ।

विदेशमन्त्री लाभरोभको भारत भ्रमणको क्रममा पेट्रोलियम पदार्थको आयात सस्तो मूल्यमा गर्ने विषयमा छलफल हुने अनुमान गरिएको छ । भारतको सरकारी समाचार एजेन्सी पीटीआईले उल्लेख गरे अनुसार लाभरोभको भारत भ्रमणको क्रममा रुसबाट सहुलियतमा तेल खरिदको विषयमा केन्द्रित रहेर छलफल हुनेछ । यस्तै, सैन्य सहयोगका विषयमा पनि छलफल हुने बताइएको छ ।

पछिल्लो केहि समययता विभिन्न देशका कुटनीतिज्ञहरुले भारतमा भ्रमण बाक्लो बनाइरहेका छन् । जसमा बेलायतका विदेशमन्त्री, अमेरिकाको अन्तर्राष्ट्रिय अर्थव्यवस्थाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार र जर्मनीका सुरक्षा सल्लाहकार भारतमा छन् भने केही दिनअघि मात्रै चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारतको भ्रमण गरिसकेका छन् ।

LEAVE A REPLY