देउवाले नेपाली कांग्रेसको चुनावी घोषणा पत्र बनाउन दिए विश्वप्रकाशलाई जिम्मेवारी

233

साझाट्युव: भदौ २२ ,काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अगुवाईमा घोषणा पत्र तयार हुने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाद्वरा आज महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि घोषणा पत्र तयार गर्ने समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन् ।

आगामी मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुने भएको छ ।

पार्टीका मुख्यसचिव रहेका कृष्णप्रसाद पौडेलले महामन्त्री शर्मालाई सभापति देउवाद्वारा घोषणा पत्र तयारी समिति संयोजक मनोनीत गरेको जानकारी दिए ।

गएको वैशाखमा भएको स्थानीय चुनावमा पार्टीका महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र बनाएको थियो।

LEAVE A REPLY