देशभर थप २६ जनामा कोरोना , मृत्यु हुनेको संख्या शून्य

195

साझाट्युव : चैत १६ ,काठमाडौं।
पछिल्लो २४ घण्टामा देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या शून्य रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ७७ जना कोरोनामुक्त भएको छ भने हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना रहेको छ । जसमध्य १ हजार ९६ जना होम आइसोलेसनमा र ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै,कोरोनाका बिरामीमध्ये १८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

LEAVE A REPLY