देशभर थप २७ जनामा कोरोना संक्रमण

417

साझाट्युव : चैत ३, काठमाडौं।
पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यस्तै,कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोहि कसैको मृत्यु भने भएको छैन। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ ।

LEAVE A REPLY