साझाट्युव : चैत १५ ,काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।
४ हजार ३२२ जनाको पीसीआर परीक्षणमा ३० जना र १ हजार १४९ जनाको एन्टीजेन परीक्षणमा १२ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी,सो अवधिमा कोरोनाबाट ८६ जना निको भएका छन् भने हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमा १ हजार १४६ जना होम आइसोलेसनमा र ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसको बिरामीमध्ये २० जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५०८ पुगेको छ । अब योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार २२८ जना संक्रमणमुक्त भएका छन् ।
साथै, १० वर्ष मुनिका १ जना बालबालिका र ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएका छन् ।