देशभर थप ४ जनामा कोरोना

346

साझाट्युव : चैत २५,काठमाडौं।

पछिल्लो २४ घण्टामा देशभर थप ४ जना कोरोना संक्रमित थपिएका छन् भने यससमयावधिमा कसैको मृत्यु भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अहिले देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् भने २०८२८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११९५१ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY