देशभर थप ५१ जनामा कोरोना

436

साझाट्युव : चैत ४,काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयावधिमा ३९२ जना संक्रमित निको भएका छन्। साथै, यसअवधिमा कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९१४ जनामा गरिएको नमूना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले देशभर ३९९६ जना सक्रिय संक्रमित रहेका छन्। साथै,२९३९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY