देशभर थप ८२ जनामा कोरोना

326

साझाट्युव : चैत २, काठमाडौं।

पछिल्लो २४ घण्टामा देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै,पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् । हाल देशभर ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् । जसमा ४ हजार ४९८ जना होम आइसोलेसनमा र ७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै,कोरोनाका बिरामीमध्ये ३१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

हाससम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १०२ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ। त्यस्तै, ९ लाख ६१ हजार ५६१जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी,१० वर्ष मुनिका बालबालिका कसैमा पनि कोरोना संक्रमण भएको देखिएको छैन। ११ देखि २० वर्ष उमेर समूहका भने २ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY