साझाट्युव : चैत ११,काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा कसैको मृत्यु भएन । यस्तै,सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म देशभर १९६० जना सक्रिय संक्रमित रहेका छन् भने ६४३४७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । हाल निको हुनेको दर ९८.६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।