साझाट्युव : चैत २, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै,सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हाल देशभर १०८१ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा ६०२६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।