देशलाई सही दिशामा लैजाने कांग्रेसले मात्रै : महामन्त्री शर्मा

356

साझाट्युव : चैत ७, चितवन।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस केन्द्रित भएको बताएका छन् ।

चितवनमा आज सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया डेका हुन्।
कार्यक्रममा महामन्त्री शर्माले ‘सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई समेत अघि बढाइरहेको छ, जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको छ ‘भने । यस्तै उनले ‘ सरकार पनि चलाउन नसक्ने संसद् पनि चल्न नदिने भनेपछि जनताको जनादेशको अपमान कस्ले गरेको छ ‘ भने ।

यस्तै महामन्त्री शर्माले फरक प्रसङ्गमा बोल्दै केन्द्रीय समितिको बैठकले मात्रै निर्वाचनमा तालमेल हुने नहुने निर्णय गर्ने बताउंदै “निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकले निर्णय गर्छ ” भने।

यसैगरी, स्थानीय तहको राय सल्लाहबिना केन्द्रले निर्णय नगर्ने बताउँदै उनले विगतमा भएका कमजोरी र राम्रा कामको समीक्षा गर्दै अघि बढ्ने बताए ।

साथै,अघिल्लो निर्वाचनमा काँग्रेस एक्लै निर्वाचन लड्दा सबै कम्युनिष्ट एक भएको स्मरण गर्दै महामन्त्री शर्माले “पहिला उहाँसँग भएका प्रचण्ड, माधव नेपाल, झलनाथ बामदेव कहाँ छन् । वास्तविक धरातल यही हो। अब आगामी निर्वाचनमा कांग्रेस देशको ठूलो र बहुमतको पार्टी बन्नेछ ‘ भने ।

LEAVE A REPLY