साझट्युब :२ जेठ, काठमाडौं ।
धनुषाको धनौजी गाउँपालिकामा एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरीको बीचमा झडप भएको छ । मतपत्रको ब्यालेट बक्समा खसेको मतभन्दा १५ मत धेरै भेटिएपछि विवाद भएको हो ।
धेरै मत भेटिएपछिस्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) प्रदिप बहादुर क्षेत्रीले जनाए ।
एकीकृत समाजवादीका ४ सय भन्दा बढी कार्यकर्ताले मतगणनास्थल घेरा हालेका छन् ।
अहिले जिल्लाबाट डिएसपी दिपक राय नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको छ । झडपमा परेर १ जना प्रहरी सहायक निरिक्षक (असई) घाइते भएका छन् । धनौजी गाउँपालिका–२ स्थित मतगणना स्थलमा उनीहरुले ढुंगामुढा गरेका छन् । धनौजी वडा नम्बर– १ को खसेको मत मिलाउँदा १५ मत बढी फेला परेको थियो ।