धरानमा नाराबाजी र मतगणनास्थल तोडफोडसँगै मतगणना स्थगित

216

साझट्युब : ४ जेठ, धरान ।

धरान उपमहानगरपालिका वडा नम्बर २० काे मतगणनास्थलमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् ।

वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध जनाएको हाे ।

निर्वाचनमा खटिएका कर्मचारीले चरम लापरबाही गरेकाले भन्दै माओवादी कार्यकर्ताहरूले मतदान अधिकृतको विरोध गरेका छन् भने मतगणना स्थल पब्लिक स्कुलमा तोडफोड गरेका छन् ।

मतदान अधिकृतको हस्ताक्षर नभएकाे मतपत्र सदर गर्नुपर्ने छ यदि सदर नगरेको अवस्थामा पुनः मतदान गर्नुपर्ने उनीहरूकाे माग छ ।

नाराबाजी र मतगणनास्थल तोडफोडसँगै धरानको मतगणना स्थगित भएको छ ।

LEAVE A REPLY