धरान उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन गराउने

183

साझट्युब : २५ जेठ, धरान ।

धरान उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरू गर्ने भएको छ ।

धरानका मेयर हर्क साम्पाङले मंगलबार सो विषयको जानकारी दिँदै ट्राफिक नियम प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन् । सडक दुर्घटना न्यूनीकरण गर्नु उपमहानगरको उद्देश्य भएकाले सबैको सहयोग रहने उनले विश्वास लिएका छन् ।

सामाजिक संजाल मार्फत लेख्दै ‘धरान उपमहानगरले स्कुले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरु गर्नेछ ! सबैले यसलाई प्रभावकारी बनाऔँ ! सडक दुर्घटना न्यूनीकरण हाम्रो उद्देश्य रहनेछ !

LEAVE A REPLY