साझाट्युव : वैशाख २१, काठमाडौं ।
भर्खर मात्र प्रहरी महानिरीक्षक आइजीपीमा नियुक्त धिरजप्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप लगाईएको छ।
बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले बोल्दै
सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएको छ ।
ठाकुरले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताए ।