नायिका मिरुनाले तुरुन्त माफी माग्नुपर्ने माग गर्दै प्रदर्शन

448

साझट्युब :  १७ जेठ काठमाडौं ।

आफूमाथि दुर्व्यवहार भएको बताउँदै आएकी नायिका मिरुना मगरविरुद्ध चावहिलको केएल टावरमा अवस्थित एफक्युब हल र नेपाल चलचित्र विकास बोर्डमा मंगलबार प्रदर्शन भएको छ । नायिका मगरले आइतबार एक लामाले भीडमा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै महानगरीय प्रहरी वृतमा उजुरी गरेसँगै केही व्यक्तिहरु प्रदर्शनमा उत्रेका थिए ।

अभिनेत्री मगरले उक्त लामामाथि गलत आरोप लगाएको भन्दै प्रदर्शनकारीहरु ‘कब्बड्डी ४’को प्रदर्शन रोक्नुपर्ने भन्दै एफक्युबमा पुगे । उनीहरुले केएल टावरमा झुन्ड्याइएको फिल्मको पोस्टरसमेत जलाए । नियन्त्रणमा रहेका उक्त लामाको रिहाइको माग गर्दै प्रदर्शनकारीले मगरले क्षमा माग्नुपर्ने भन्दै नारा पनि लगाए ।

प्रदर्शनपछि एफक्युबको मंगलबारको सबै सो रद्द गरिएको छ । प्रदर्शनकारी टिमले चलचित्र विकास बोर्डमा फिल्म चलाउन दिन नहुने भन्दै प्रदर्शन पनि गरे । मिरुनाले तुरुन्त माफी माग्नुपर्ने र उक्त लामाको रिहाइ हुनुपर्ने भन्दै आफूहरुको माग पूरा नहुञ्जेल ‘कबड्डी ४’को प्रदर्शन रोक्नुपर्ने भन्दै वोर्डमा ध्यानकर्षण पत्र बुझाएकाछन् ।

आइतबार मिरुना कब्बड्डी टिमसँगै सिभिल मलमा रहेको हलमा दर्शकसँग साक्षात्कार(हल रिपोर्ट) गर्न पुगेकी थिइन् । उक्त लामाले भीडमा आफूलाई तीन पटकसम्म गलत ढंगले छोएपछि प्रतिक्रियामा थप्पड लगाएको मिरुनाले बताएकी छन् ।

आइतबारदेखि प्रहरी नियन्त्रणमा रहेका उक्त लामालाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाए ।

LEAVE A REPLY