साझाट्युव : १४ साउन, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछि पनि दिगो रहिरहने भनेका छन् ।
त्यस्तैगरेर एकीकृत समाजवादी जिल्ला कमिटीद्वरा आयोजना गरेको भेलालाई सम्बोधन गर्नको लागि आज सदरमुकाम सिलगढी आएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन हालको आवश्यकता भएको उल्लेख गरेका थिए । “ उनले भने गठबन्धनलाइ पछिसम्म नै कायम राख्न पाँच दलका शीर्ष नेता सहमत रहेका छन्”, ।
नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले खासै अपेक्षित सिट हासिल नभएको पनि बताए । उनले भने अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामीले सोचेभन्दा पनि बढी सिट हासिल गर्नेछौं ।