निर्वाचनमा उम्मेदवारको बैंक खाता अनिवार्य हुनुपर्ने

458

साझाट्युव : चैत ४,काठमाडौं ।

अबको निर्वाचनमा भाग लिने उम्मेदवारको अनिवार्य बैंक खाता हुनुपर्ने भएको छ । सो उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगद्वारा बिहीबार राजपत्रमा प्रकाशित गरीएको निर्वाचनसम्बन्धी आचारसंहितामा उल्लेख गरी अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवारी अधिकारी पनि तोक्नुपर्नेछ ।

यसैगरी,अधिकारीको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पेश समेत गर्नुपर्नेछ । त्यस्तै,आर्थिक सहायता पारदर्शिताको लागि आयोगले आवश्यक व्यवस्था पनि गरेको छ । जसमा यदि २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त भएमा बैंक खाता अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आचारसंहितामा ‘२५ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाइ दिइ खण्ड (क) वा (घ) बमोजिम उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्ने ’ भनिएको ।

साथै,आम्दानी तथा खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने समेत आचारसंहितामा भनिएको छ भने निर्वाचन सम्पन्न भएपछि खर्चको विवरण सार्वजनिक गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

LEAVE A REPLY