निर्वाचन खर्च विवतरण निर्वाचन अगाबै पठाउनलाइ निर्देशन :निर्वाचन आयोग

270

साझाट्युव : वैशाख २३ , काठमाडौं । 

निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारहरूलाई निर्वाचन खर्च विवतरण निर्वाचन अगाबै पठाउनलाइ निर्देशन दिएको छ ।

बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आमसभा, जुलुस र हेलिकप्टर प्रयोग लगायतका क्रियाकलापको सम्बन्धमा शुक्ष्म अनुगमन गरी खर्च विवरण अनुमान गर्न सकिने भएकाले खर्च विवरण निर्वाचन अघि पठाउनलाइ निर्देशन दिएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलमार्फत गरिएको जारी विज्ञप्तिमा निर्वाचन पहिलेनै खर्च विवरण पठाउँदा निर्वाचन परिणामपछि पेश हुने खर्च विवरणको वास्तविकता साथै विश्वसनीयता परीक्षण गर्नलाइ सहज हुनेभनि जनाएका छ ।

निर्वाचनभन्दा अघादिनै खर्च विवरण पठाएता पनि पुनः निर्वाचनको मतपरिणाम घोषणा भएको ३० दिनभित्र पुनः सम्पूर्ण खर्च विवरण पठाउनु पर्ने हुन्छ । आयोगले पटक पटक गरि दुई समयमा आएको खर्च विवरणलाइ भिडाएर विश्लेषण गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

LEAVE A REPLY