निर्वाचन सुरक्षामा खटिएका चार जना म्यादी प्रहरीको मृत्यु

223

साझाट्युव : वैशाख २६, काठमाडौँ । 

स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ भने एक जनाले आत्महत्या गरेकी हुन् ।

ड्युटीमा खटिएकाहरुमध्ये सिन्धुपाल्चोक ,नुवाकोट हुम्ला, र ललितपुरमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो येसैगरि नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो भने हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
सिन्धुपाल्चोककी अनिता भट्टराईले ललितपुरमा विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।

निर्वाचनमा खटिएको बेला नै प्रहरी बरिष्ठ हबल्दार भोजराज पराजुलीको पनि दुर्घटनामा परेर मृत्यु भएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।

सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन ।

LEAVE A REPLY