निलम्बित गभर्नरको दायर रिट आज सुनुवाइ हुदै

133

साझाट्युव : बैशाख ६,काठमाडौं।

बैंकिङ प्रणालीको सूचना चुहाएको आरोप लगाउँदै सरकारले गत चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेको थियो । समिति गठन भएलगत्तै उनी निलम्बनमा परेका थिए ।

अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री जनार्दन शर्मा र सरकारले गठन गरेको छानबिन समिति समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

गभर्नर अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ । दायर रिटको पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको हो । निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरिएको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको हो ।

 

मंगलबार उनको रिटमाथि अन्तरिम आदेश जारी भएको खण्डमा उनी पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रुपमा काम गर्न पाउनेछन् भने अन्तरिम आदेश नदिई र कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा उनी निलम्बनमै रहनेछन् ।

LEAVE A REPLY