साझाट्युव : ६ असार, काठमाडौं ।
प्रतिनिधि सभाद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिशयामा जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसित जवाफ दिनलाई माग राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।
‘माननीय सदस्यहरुले जुन (पेट्रोलियम पदार्थको मूल्यवृद्धि) बारेमा उठाउनुभएको विषयमा मेरो पनि ध्यानाकर्षण रहेको छ । जसमा सरकारको समेत ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै सभामुख सापकोटाले भने, ‘यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्नको लागि निर्देश गर्दछु ।’
आयल निगमद्वारा सोमबारबाट लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ भएको छ । जसको सर्वत्ररुपमा विरोध भइरहेको छ ।