नेकपा महासचिव विप्लव विरुद्ध अदालतद्वारा पक्राउ पुर्जी जारी

254

साझाट्युव : १६ साउन, काठमाडौं ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध ललितपुर जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी गरिएको छ ।

त्यस्तै विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, लगायत धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने अन्य नेता–कार्यकर्ताविरुद्ध पनि पक्राउ पुर्जी अदालतले जारी गरेको छ ।

अदालतद्वारा हातहतियार लगायत खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान साथै राज्यविरुद्धको अपराध गरेको आरोपमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले पक्राउ पुर्जी जारी गरेकोहरुमा विप्लव र विश्वकर्मा, विश्वकर्माकी श्रीमती नन्दा, त्यस्तै रोल्पाका सन्तोष बुढामगर, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, सुर्खेतका धर्मेन्द्र बास्तोला, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, गोरखाकी उमा भुजेल,त्यसैगरेर भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, र स्याङ्जाका सुदीप कुँवर आदि रहेका छन् ।

त्यस्तै कपिलवस्तुका बसन्त श्रेष्ठ, बाँकेका धर्मराज बडुवाल,लगायत खोटाङका चन्द्रबहादुर बुढाथोकी, काभ्रेका विष्णु प्रसाद तिमिल्सिना तथा दोलखाका मईदेवी परियार, प्रेमबहादुर दर्नाल, लोकेन्द्रबहादुर दर्नाल, सन्जिव नेपालीविरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले ३५ दिन भित्र उपस्थित हुनको लागि उनीहरुलाई बोलाइएको छ । यदि अदालतले दिएको मिति भित्र उपस्थित नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी समेत दिइएको छ ।

LEAVE A REPLY