साझाट्युव :१९ साउन, नेपालगञ्ज ।
नेपालगञ्जमा श्री एयरलाइन्सको विमानलाइ आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जदेखि काठमाडौं तर्फ उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमानलाइ नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले बताएका हुन् ।
विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार रहेका थिए ।
आज बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलदेखि काठमाडौंका निम्ति उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखापरेपछि ९ बजेर ५६ मिनेटमा नै नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले बताएका छन् ।
उनका अनुसार चालक दलका सदस्य लगायत सबै यात्रुहरु सकुशल रहेका छन् ।