साझाट्युव : वैशाख १९, काठमाडौं ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै नेपाल उद्योग वाणिज्य महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन समेत सुझाव दिएको छ ।
५० करोड रुपैयाँ भन्दा बढी लगानी हुने पर्यटन पूर्वाधारका परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्न समेत महासंघले सुझाव दिएको छ । छिमेकी मुलुकबाट बैवाहिक समारोहमा आउँदा गरगहना ल्याउने प्रक्रियालँई सहज बनाउन र नेपाललाई शिक्षण गन्तब्यमा रुपमा आकर्षित गर्न समेत महासंघले सरकारलाई दिएको सुझावमा उल्लेख छ ।
नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरि प्रभावकारी रुपमा लागु गर्नुपर्ने र यसलाई भारतमा केन्द्रित गर्न समेत महासंघले सरकारसमक्ष सुझाव दिएको छ ।
पर्यटन पूर्वाधार विकासका लागि चाहिने जग्गा सरकारले न्यूनतम भाडामा लिई उपयोग गर्न दिनु पर्ने र यसको समयावधि कम्तिमा ५० वर्षको हुनुपर्ने सुझावमा भनिएको छ ।