नेपालमा हात्तीको संख्या दोब्बर

267

साझाट्युव : २७ साउन,झापा । 

हाल देशभर हात्तीको संख्या ४ सय आसपास पुगेको छ । करिब १५ वर्ष पहिला अर्थात् सन् २००८ मा डेढ सयको हाराहारीमा हात्तीको संख्या थियो हाल आएर झन्डै दोब्बरमात्रामा यसको संख्या पुगेको हो । मानव–द्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्यामा वृद्धि भएको छ। यो द्वन्द्वकै कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ । २० वर्षमा ३९ वटा हात्ती मारिएका छन् । भने जसमध्ये ३४ वटा विद्युतीय झट्काका कारण र त्यस्तै ६ वटा हात्ती गोली प्रहारका कारण मारिएका छन् । झापामा मात्रै विगत १५ वर्षमा १५ वटै हात्ती मारिएका छन् ।

नेपालमा १ सय ७६ हात्ती घरपालुवा रहेका छन् । भने ती हात्तीहरु विभिन्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका छन् । त्यसमध्ये ९९ वटा हात्ती सरकारी तबरबाट छन् भने ७७ हात्ती निजी रुपमा पालिएको छन् ।

LEAVE A REPLY