नेपालले बहराइनलाई जम्मा १४ रनमा नै रोके

242

साझाट्युव : असार।, काठमाडौं ६ 

मलेसियामा चलिरहेको एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपालले बहराइनलाई जम्मा १४ रनमा नै रोकेको हो । नेपालका बलर कविता कुँवर तथा अस्मिना कर्मचार्य चम्किंदा बहराइन सस्तैमा समेटिएको छ ।

वर्षाका कारण खेललाइ ७–७ ओभरमा झारेको छ । मलेसियाको किनरारा ओभलमा चलिरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्न रोजेका थिए । यसैगरी कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटे छ ।

 

बहराइनका निम्ति इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । भने सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित भईन ।

समूह ‘बी’ बाट नेपालले २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । नेपाल आजको खेलमा विजयी रहेमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने पक्का भएको छ ।

LEAVE A REPLY