नेपाली टोलीले क्यानडामा द्विपक्षीय शृंखला खेलेपछि स्कटल्याण्ड जाने

288

साझाट्युव : ३ असार, काठमाडौं ।

नेपालले २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला क्यानडामा खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यान अनुसार असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एक दिवसीय खेल हुने भएको छ । यसकालागी असार १२ नेपाली टिम गते क्यानडा जाने भएका छन् ।

 

स्कटल्याण्डमा नामिबिया पनि सम्मिलित आइसीसी क्रिकेट विश्व कप लिग टु खेल्नुअघि नेपालले क्यानडासित द्विपक्षीय शृंखला खेल्ने तयार नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएका छन् ।

नेपाली टोलीले क्यानडामा द्विपक्षीय शृंखला खेलेपछि स्कटल्याण्ड जाने भएको छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग टुका ४ खेल खेल्ने भएको छ ।

 

सुरुको खेल असार २७ गते नामिबियासँग हुने छ । अमेरिकामा भएको लिग टुको खेलमा ओमानसमेत सम्मिलित शृंखलामा १ खेल जितेको थियो । भने नेपालले २ खेल हारेको थियो। त्यस्तै एक खेल बराबरी भएको थियो । लिग टुमा हालसम्म १६ खेल खेलेको नेपाल १५ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।

LEAVE A REPLY