नेपाल खेलकुद महासंघको घोषणा पत्र सुझाव संकलन अन्तरक्रिया कार्यक्रम

385

साझाट्युव: भदौ १४, काठमाडौं।
नेकपा एमाले सम्बद्द नेपाल खेलकुद महासंघले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश चुनावकालागि पार्टीको घोषणा पत्रमा अनिवार्य खेल क्षेत्रको समावेस गर्नुपर्ने मुद्दाहरुलाई समेट्न बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

महासंघले काठ्माण्डौको मध्यबानेश्वोर आफ्नै केन्द्रिय कार्यालयमा मंगलवार आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा बिभिन्न खेलकुदकर्मि ,विज्ञ ,पत्रकारहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा महासंघको सुझाव संकलन समिति संयोजक रहेका ओम कृष्ण प्रसाईंले महासंघले खेलकुद, खेलाडिको मुद्दामा रहेर तयार पारेको २५ बुदे महत्वपुर्ण सुझाबहरु वाचन गरेका थिए।

यसैगरी,कार्यक्रमको विशेष अतिथि रहेका एमाले केन्द्रिय सदस्य तथा महासंघ सहइन्चार्ज रमेश पौडेलले बोल्दै ‘खेलाडीले जसरि देशलाइ माया गर्छ ,त्यसैगरी एमालेले देशलाई माया गर्छ। यस्तो महान देशभक्ति खेलाडीहरुको मुद्दाको विषयमा एमालेले मात्रै समेट्छ। कांग्रेसले त् मात्रै गुण्डा बनाउने,चुनावमा प्रयोग गर्ने हो ‘भने।

कार्यक्रमको संचालन महासंघ कार्यालय बिभाग प्रमुख रामकृष्ण खड्काले गरेका थिए भने कार्यक्रममा उपस्थित व्यक्तिहरुले प्रत्यक्ष अन्य सुझावहरु दिएका थिए।

LEAVE A REPLY