नेपाल फुटबल सिजन असोजबाट सुरु हुदै

283

साझाट्युव : २७ साउन, काठमाडौं ।

नेपाली फुटबलको नयाँ सिजन असोजबाट सुरु हुदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकद्वारा ए डिभिजन लिग, नेपाल सुपर लिग (एनएसएल) लगायतका प्रतियोगिताको मिति तय भएको छ ।

कार्यसमितिले गरेको निर्णय अनुसार तय भएका फुटबल प्रतियोगिता असोजबाट अर्को वर्ष असारसम्म सञ्चालन हुनेभएको छ ।

ए डिभिजन लिग

फुटबल सिजन ९ महिनाको हुनेभएता पनि फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग भने करिब तीन महिना मात्र हुने छ ।

ए डिभिजन लिग पुस ८ गते बाट चैत ४ गतेसम्म गर्नका निम्ति प्रस्ताव राखेको छ । निर्णय सार्वजनिक नगरेता पनि त्यही मितिमा लिग गर्ने एन्फाले तयारी गरेको महासचिव किरण राईले बताए ।

‘ए डिभिजन लिग समेतको पनि मिति प्रस्ताव भएको छ तर विज्ञप्तिमा भने त्यहाँ छुटेछ । अब साधारण सभादेखि यसलाई अनुमोदन गरिने भएको छ’, एन्फा महासचिव राईले भने । राईका अनुसार राष्ट्रिय लिगको बारेमा छलफल भए पनि अन्तिम निर्णय गरेको छैन ।

एन्फा निर्वाचन पहिला पंकज विक्रम नेम्वाङले राष्ट्रिय लिग गर्नलाई आफ्नो एजेन्डा बनाएका थिए । तर एन्फाद्वारा यो सम्बन्धमा तत्काल भने केही निर्णय भएको छैन । गएको वर्ष पनि राष्ट्रिय लिग गर्ने भनेको थियो, तर आयोजना भने गर्न सकेन ।

आगामी मंसिरमा कतारमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप हुनेभएको छ । यसैगरी मंसिरमै नेपालमा निर्वाचन पनि हुनेछ । नेपाल सुपर लिगको दोस्रो संस्करण पनि आयोजना गर्नुपर्ने भएकोले यस पटक ए डिभिजन लिग पुसमा अरम्भा गर्न लागिएको छ । गत मंसिरमा लिग सुरु गरेर फागुनमा सकेको थियो ।

असोज १ बाट सी डिभिजन छनोट हुने

फुटबलको पहिलो सिजन प्रतियोगिताको रुपमा असोज १ गतेबाट सी डिभिजन लिगको छनोट सुरु हुदैछ । आगामी असोज ३० गतेसम्म चल्ने प्रतियोगिताको छनोटमा सहभागि टिमको आधारमा आयोजना स्थल तोकिने एन्फाले बताएको छ ।

त्यो भन्दा अगाडी भदौ २१ बाट असोज ३ गतेसम्म काठमाडौँमा छैटौं साफ महिला च्याम्पियनसिप आयोजना हुने भएको छ ।

साफ च्याम्पियनसिप सकिएलगतै राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेलहरु विराटनगरमा गर्ने एन्फा कार्यसमिति बैठकले निर्णय गरेको छ ।

आगामी असोज ३ गते साफ च्याम्पियनसिप सकिने भएको छ । असोजकै २३ गतेबाट नेपाल सुपर लिगका निम्ति मिति उपलब्ध गराउनलाई पनि एन्फाले निर्णय गरेको छ ।

एन्फाले यही समयमा महिला लिगको खेल आयोजना गर्ने बताएको छ । ‘यता एनएसएल भएता पनि उता महिला लिग आयोजना हुन्छ । साफ महिला लगत्तै महिला लिग हुनेछ’, महासचिव राईले बताए ।

बंगलादेशसित मैत्रीपूर्ण खेल

असोज दोस्रो साता नेपालले घरेलु मैदानमा बंगलादेशसित मैत्रीपूर्ण खेल खेल्ने भएको छ । असोज ११ गते दशरथ रंगशालमा नेपाल र बंगलादेशबीच खेल हुनेक भएको छ । एन्फा कार्यसमिति बैठकको मैत्रीपूर्ण खेल खेल्ने निर्णय पारित भएको छ ।

बंगलादेशसीताको मैत्रीपुर्ण खेलको निम्ति कार्यवाहक मुख्य प्रशिक्षकका रुपमा प्रदिप हुमागाईंलाई मनोनयन गर्ने निर्णय समेत बैठकले पारित गरेको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिरामी परेकोले बिदामा आफ्नै देश कुवेतमा भएकोले एन्फाले मैत्रीपूर्ण खेलका निम्ति नयाँ प्रशिक्षक तोकेको छ ।

कार्यसमिति बैठकले अल्मुताइरीको विषयामा अन्य कुनै निर्णय भने गरेको छैन । ‘प्रशिक्षकको सम्बन्धमा भने उहाँ बिदामा हुनुहुन्छ र बिरामी भएको पनि भन्ने कुरा छ । छानबिन प्रतिवेदनको सम्बन्धमा पनि टुङ्गिएको छैन । त्यस विषयमा उहाँको आफ्नो धारणाको जवाफ पनि आउन बाँकी रहेको छ । यो सबै विषयलाइ ध्यानमा राख्दै अर्को प्रशिक्षक नियुक्त गररिएको छ ’, एन्फा महासचिव राईले बताए ।

अहिले अमेरिकामा भएका हुमागाईंलाई खबर पठाएको र औपचारिक पत्र पनि पठाउने राईले बताएका छन् ।

एनएसएल असोज अन्तिमबाट

फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) का निम्ति एन्फा कार्यसमितिले असोज २३ गतेबाट मिति उपलब्ध गराएको छ ।

तर त्यो भन्दा अगाडी एन्फा र एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)सँगको यसअघिको त्रुटिपूर्ण सम्झौता खारेज गरी नयाँ सम्झौता नवीकरण गरेर एनएसएल गर्ने कार्यसमितिले निर्णय गरेको हो ।

‘नेपाल सुपर लिगको बिषयामा विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गरेर सम्बन्धित पक्षसित छलफल गर्न एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नववीकरण समिति निर्माण गरि, सम्झौता नविकरण गरि २०७९ आश्विन २३ बाट मंसिर २ गतेसम्म एनएसएल संचालनका निम्ति समय उपलब्ध गर्ने निर्णय गरियो ।’

एनएसएलपछि मंसिर ४ गतेबाट कतारमा फिफा विश्वकप सुरु हुदैछ । भने त्यही दिन नेपालमा प्रतिनिधि सभा निर्वाचन हुनेछ । एक महिना चल्ने कतार विश्वकप पुस ३ गते समाप्त हुनेछ ।

त्यसलगतै ए डिभिजन लिग गर्ने एन्फाद्वारा तयारी गरिएको छ ।

ए डिभिजन लिग सकिएलगतै चैत-वैशाखमा बी डिभिजन लिग र वैशाख-जेठमा सी डिभिजन लिग पनि गर्ने एन्फाको योजना रहेको छ ।

LEAVE A REPLY