नेपाल र कोरियाबीच हरित हाइड्रोजन समझदारीपत्रमा हस्ताक्षर

345

साझट्युब :१० जेठ, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्नेछन् । नेपालको जलविद्युत आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया (एमोनिया ग्यास नाइट्रोजन र हाइड्रोजन दुई तत्व मिली बन्दछ ) उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमुना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको बताए ।

मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाङ्क रिज्सवरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

LEAVE A REPLY