नेपाल र चीनको सीमानामा केन्द्रविन्दु भएर ५.९ रेक्टरस्केलको भूकम्प

393

साझाट्युव : असोज २,काठमाडौँ ।

सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल र चीनको सीमानामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको छ ।

केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल र चीनको सिमाना रहेको बताएका छन् । उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, राजधानी काठमाडौँ र धादिङलगायतका स्थानमा महसुस भएको थियो ।

LEAVE A REPLY