नो हर्न’ प्रभावकारी बनाउन ट्राफिक प्रहरीको अभियान

229

साझाट्युव : २२ साउन,काठमाडौं ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आजसेखी ‘नो हर्न’ अभियानलाइ प्रभावकारी बनाउनको लागि सञ्चालन गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वरा आज काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसितको सहकार्यमा अभियान सञ्चालन गरेको हो ।

ट्राफिक स्वयंसेवकद्वारा परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी बनाउन सञ्चालन गर्न लागिएको भनेका हुन् । उनले नो हर्न अभियान पहिल्यैदेखि सञ्चालन गरिए भएता पनि कोरोनालगायत कारण खासै प्रभावकारी बन्न नसकेकाले यसलाई अब पुनः अभियानलाई प्रभावकारी बनाउनको निम्ति लागेको बताए।

सवारीसाधनदेखि आउने हर्नका कारणले मानसिक तिक्तता आउने जस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाउन लागेको उनको भनाइ रहेको छ । सवारी चालक समेतले पनि धैयर्ता राखेर हर्न नबजाइकन यात्रा गर्न साथै नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक भएको समेत उनले भनेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको स्थितिमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक भएको पनि बताइन् । त्यस्तै जनचेतनामुलक कार्यक्रमले समाज परिबर्तन गर्नमा ठुलो भूमिका रहने समेत उनले बताइन् ।

काठमाडौं महानगरपालिकाद्वारा वि.सं.२०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना र विभिन्न समस्याका कारण अभियानलाइ प्रभावकारी बन्न नसकेको उनले बताए ।

 

LEAVE A REPLY