साझाट्युव : ११ असार, काठमाडौं ।
कोरोना भाइरस संक्रमण पछिल्लो २४ घण्टाभित्र २७ जनामा देखा परेको छ ।
अनुसार ९३७ पीसीआर परीक्षण गर्दा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जानकारी दिएको छ । संक्रमितमधेय १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका रहेका छन् ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । भने जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा रहेका छन् ।
अस्पतालमा भएकाहरु मध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले बताएको हो । पछिल्लो २४ घण्टाभित्र १६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।