पछिल्लो २४ घण्टाभित्र ६५८ जनामा कोरोना संक्रमण १ जनाको मृत्यु

225

साझाट्युव :  ६ भदौ, काठमाडौं ।

पछिल्लो २४ घण्टाभित्र थप ६५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताए अनुसार तीन हजार ३८१ पीसीआर परीक्षण गरेकोमा ४०५ जनामा पुष्टि भएको त्यस्तै तीन हजार २६२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा २५३ जना सहितगरी ६५८ जनामा संक्रमण देखिएको हो ।

 

मन्त्रालयले बताए अनुसार गएको २४ घण्टाभित्र कोरोना संक्रमणदेखि १ जनाको मृत्यु भएको हो । त्यसैगरी ४५६ जना संक्रमणमुक्त भईसकेका छन् । भने हाल देशभर गरेर चार हजार २९६ जनालाइ सक्रिय संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयले बताए अनुसार ४ हजार १३४ जना होम आइसोलेसनमा छन् भने १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा रहेका छन् ।

LEAVE A REPLY