पानीको मूल्य एकैपटक ह्वात्तै १५ रुपैयाँ बढेपछि आन्दोलन

159

साझाट्युव : चैत २, कास्की ।

जारको पानीको मूल्य बढेपछि पोखराका पानी डिलर सञ्चालकहरु आन्दोलित बनेका छन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य ह्वात्तै १५ रुपैयाँले बढाएको छ । यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार अब ३५ रुपैयाँ पुगेको छ । यतिधेरै एक्कासि मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको गुनासो रहेको छ ।

उनीहरुले विरोध स्वरुप मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गर्दै पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएका थिए ।

डिलर सञ्चालक पुरुषोत्तम कँडेलले नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको बताए ।

संघले मूल्यवृद्धिसँगै अब फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ । उनले ‘२० रुपैयाँको पानी रातभरमा ३५ भयो । यो तर सरासर सिण्डिकेट भयो, आफ्नै खरिद मूल्य ३५ परेपछि पसललाई कतिमा बेच्नु रु ’ भने।
बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन कायम रहने पनि कँडेलको भनाई छ ।

LEAVE A REPLY