पार्टीको माग सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर लोसपाको निष्कर्षर जाने

154

साझट्युब : २२ जे , काठमाडौं ।

समाजवादी पार्टी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक (लोसपा) नेपालले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने जानकारी दिएका छन् ।

आज आइतबार भएको सम्पन्न पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकमा आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिवद्ध राजनीतिक दलहरुसंग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष भएको हो ।

नेता केशव झाका अनुसार निर्वाचनको मिति घोषणा भएलगतै आफ्ना पार्टीको माग अनि विचारसँग सहमत पक्षसँग चुनावी गठबन्धन गरेर अघाडी बढने सैद्धान्तिक सहमति बैठकमा जुटेको बताएका थिए ।

त्यस्तै बैठकले संघ र प्रदेशको चुनावलाई लक्षित गर्दै पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय समेत भएको छ ।

चुनाव घोषणा भएपछि को सँग सहकार्य गरेर जाने भन्ने विषयमा सैद्धान्तिक कुरा के भयो भने जोसँग हाम्रो विचार मिल्छ । जसले हाम्रो माग सम्बोधन गर्न प्रतिवद्धता जनाउँछ । ती पक्षहरुसँग हाम्रो सहकार्य हुन्छ नेता झाले बताए ।

गएको शनिबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा पनि अध्यक्ष ठाकुरले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिएका थिए , नेता झाले जानकारी दिएका ।

बैठकमा पाँच दलीय गठबन्धनसँग एक्लै भिड्नु परेकाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष समेत गरिएको थियो ।

 

LEAVE A REPLY