पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्छ: रिजाल

148

साझाट्युव : बैशाख ७, सुर्खेत ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने बताएका छन्।

आज बिहान सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा यस्तो प्रतिक्रिया दिएको हो ।

सो कार्यक्रममा बोल्नेक्रममा रिजालले पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको दाबी समेत गरेका छन् ।

यसैगरी,उनले रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र ३६ वडाअध्यक्ष एमालेमा आएको उदाहरण पनि दिंदै यस्तो अवस्था अन्य जिल्लामा पनि रहेको बताए ।

त्यस्तै,अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको रिजालको भनाइ छ ।

LEAVE A REPLY