
साझाट्युव : चैत १, काठमाडौं ।
चर्चित कलाकार दीपकराज गिरीले प्रकाश सपुतको गीत विवादको मौका पारेर एउटा राजनीकि पार्टीप्रति खनिनु सरासर गलत भएको बताएका छन् । प्रकाश सपुतको ‘पीर’ गीत विवादपछि मौका यही हो भन्दै केही मानिसहरुले माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको उनले व्यक्त गरेका छन् ।
दीपकले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रकाश सपुतको ‘पीर’ गीत यथार्थसँग नजिक र मनछुने रहेको, तर यही मौकामा केही मानिसहरु पूर्वाग्रह राखेर माओवादीमाथि खनिएको उल्लेख गरेका छन् भने तर,गीत नै बन्द गर्न दबाब दिनु चाहिं गलत भएको पनि बताएका छन् ।
यसैगरी, उनले नेपालका जुनसुकै राजनीतिक दलमा पनि केही मानिसको रजाइँ र केही मानिसको बिजोग अवस्था रहेको पनि बताएका छन् ।
दीपकले फेसबुकमा ‘ पीर गीत असाध्यै राम्रो, मलाई पनि छोयो, धेरैलाई छोएको हुनुपर्छ ।तर केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखें । कुन चाहिं पार्टीमा केही मानिसको रजाइँ र केही मानिसको हरिबिजोग छैन ? कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ? उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने ? हो गीत बन्द गर्न दबाब चाहिं दिनु गलत हो ’लेखेका छन् ।