पी केले बाबुको मुख हेर्ने दिनको अवसरमा मनछुने शब्द लेख्दै बाबासित माफी मागे

349
साझाट्युव : ११ भदौ, काठमाडौं । 

प्रकृति संरक्षण अभियन्ता पी के शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत बाबुको मुख हेर्ने दिनको अवसरमा (Happy father’s day) लेख्दै मार्मिक मनछुने शब्द लेख्दै पोस्ट गरेका छन् |

हिन्दुहरुको चाड कुशे औँशी , पितृ सम्मान दिवशको अवसरमा शेर्पाले निकैनै मनछुने शब्द लेख्दै आफ्नो बाबासित माफी समेत मागेका छन् |
बाल्यकालबाट नै प्रकृति सँग रमाउने शेर्पा थाहै नपाइ प्रकृतिसित यति नजिकको साईनो गाँसे जो प्रकृतिको बारेमा नबोली ओकालत नगरी कुनै पल बितौना सक्दैनन् | त्यसैले होला जिन्दगीलाई बाजीमा राखेर मुर्त्युलाइसमेत पराजयगर्दै अनवरतरुपमा कहिले नथाकी र हत्वोसहित नभई प्रकृति संरक्षण अभियन्तालाइ संसार भरि पुर्याउने जमर्को गरिरहेका छन् |

शेर्पाको संघर्ष लाइ फर्केर हेर्दा कहालीलाग्दो छ कहिले त्यो सगरमाथाको सिरमा अक्सिजन सक्दैगर्दा मुर्त्युलाई नजिकै बाट नियालेको त कहिले गाडी दुर्घटनामा परेर अन्तिम सास फेर्दै गर्दापनि आफुले गरेको कर्मलाई सोच्दै खुशीसाथ आफ्नो प्राण त्याग्न तयारि हुने उनि साँचै उनको काहानिले हरेक व्यक्तिलाई उर्जा मिल्दछ | जन्मपछि मुर्त्युत जिन्दगीको रितै हो, मरेर जादा बिरलै मात्र अमर रहन्छ तर त्यो बिरलै भित्र पी के शेर्पा रहने छन् |

 

यसमा कुनै दुईमत छैन इतिहास साँची रहनेछ आज उनले चालेको पाईला गन्तव्यमा पुग्नलाई कठिनाई छ | तर कालान्तरमा बिस्वोले एकदिन यो पथलाई आत्मासाथ गर्दै हतेमालोगर्दै एकसाथ अगाडी बढ्ने छ | र परिबर्तन पक्कै आउने छ, त्यो समया उनि नेपालको मात्रै नभएर संसारका लागि एउटा प्रेरणा मात्रै नभएर अजहर अमर रहन्ने छ |

LEAVE A REPLY