पेट्रोलियम पदार्थको पटक-पटक मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग

318

साझाट्युव : चैत ३, काठमाडौं।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) द्वारा पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरिएको छ ।

अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरिएको विज्ञप्तिमा मूल्यवृद्धि खारेजीको निम्ति सवैलाई सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन आह्वानसमेत गरिएको हो।

एकहप्ता भित्रै पटक-पटक पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुर्‍याइएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ ।

जारि विज्ञप्तिमा ‘पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको समेत मूल्यवृद्धि भइरहेको छ । यो अवस्थामा आम सर्वसाधारण नेपाली जनताको चुल्होसमेत नबल्ने गरी जीवन धान्नै मुस्किल बन्न पुगेको छ । तर, कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैर जिम्मेवार बन्नुका साथै दलाल र माफियाहरूको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ ‘ भनिएको छ ।

LEAVE A REPLY