पेस्तोलमा प्रयोग हुने ८० राउण्ड गोली सहित एक जना पक्राउ

278

साझाट्युव : २९ असार झापा ।

झापाको भद्रपुर नगरपालिकादेखि पेस्तोलमा प्रयोग हुने ८० राउण्ड गोलीसित् एक जना पुरुष पक्राउ परेका छन् । गत मंगलबार राति मोबाइल चोरीको आरोपमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथमा मोबाइलसितै पेस्तोलमा प्रयोगहुने ८० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलमा गत असार २४ गते राति विभिन्न कम्पनीका मोबाइल २९ थान, त्यस्तै घडी दुई थान र नगद रु ६१ हजार ५०० गरी रू पाँच लाख १८ हजार २०० बराबरको चोरीको भएको थियो ।

उक्त चोरीको उजुरीका आधारमा चोरीमा संम्लग्न व्यक्तिको खोजी सिलसिलामा मङ्गलबार राति अभियुक्त प्यारेलाई पक्राउ गरेको कार्यालयले बताएको छ । उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी गरेकामध्ये एक थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली समेत बरामद गरेको छ ।

सटर फुटाउनलाइ उनले प्रयोग गरेको रड र पसलको ताला तोडेको समान समेत बरामद भएको साथै घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

 

LEAVE A REPLY