पोल्याण्डकी क्यारोलिनाले मिस वर्ल्ड जितिन्, नम्रता श्रेष्ठ अन्तिम १२ बाट नै बाहिरिन्

788

साझाट्युव : चैत ३, काठमाडौं।

पोल्यान्डकी क्यारोलिना बेइलावस्काले विश्व सुन्दरी प्रतियोगिताको उपाधि हात पारेकी छिन् । अमेरिकी टापु राज्य पुएर्तोरिकोमा विहीबार बिहान सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा बेइलावस्काले यसरि उपाधि हात पारेकी हुन् ।

यस्तै,अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । कार्यक्रममा अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिर्याइदिइन् ।

सो प्रतियोगितामा ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए भने नेपालबाट प्रतिस्पर्धा गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ बाट नै बाहिरिन् ।

LEAVE A REPLY