प्रकृति संरक्षण अभियन्ता पिके शेर्पा द्वारा होलीको शुभकामना

608

साझाट्युव : चैत ३, काठमाडौं ।
हिमाल सरफाइ तथा प्रकृति संरक्षण अभियन्ता पिके शेर्पाले फ़ागुपुर्णिमा (होलि)असवर पारेर शुभकामना व्यक्त गरेका छन्।

उनले आफ्नो आधिकारिक सामाजिक संजाल फेशबुक मार्फत शुभकामना बाडेका हुन्। शेर्पाले फेशबुकमा स्टाटस लेख्दै कृतिम बस्तुको कम प्रयोग गर्दै प्राकृतिक वस्तुको चिजलाई प्रयोग गर्ने मनोविज्ञानको विकास गर्न सक्ने शक्ति होलीमा मिलोस् भन्ने शुभकामनामा उल्लेख गरेका छन्।

उनले ‘ किर्तिम बस्तुहरुको प्रयोग कम गरौं,प्राकृतिक चिजलाई प्रोत्साहित गरौं, प्रकृति न्यायको लागी हामी सबै एक होऔ -Happy holi to all.‘लेखेका छन्।

अहिले मानिसहरुले पर्वहरुलाई मनाउने बहानामा बिकृतिको बिकास गरिरहेको छ। जसमध्य यो ऐतिहासिक होलीमा पनि ‘शारीरिक रुपमा स्वास्थ्यबर्दक अनि प्राकृतिक रंगहरु प्रयोग गर्नुपर्नेमा रसायनयुक्त रंगहरु प्रयोग गर्दै शारीरिक रुपमा,सामाजिक अनि प्राकृतिक रुपमा गम्भीर हानि पुर्याइरहेको छ। यस्ता विकृतिलाई हटाउदै सद्भाव कायम गर्दै हाम्रो परम्पराको प्राकृतिक रुपमा विकास गर्ने एउटा भित्रै देखिको शक्तिसाली मनोविज्ञानको बिकास गर्नु पर्छ’भन्ने कुरामा शेर्पा निरन्तर प्रकृति न्यायको लागि अभियानमा छन्।

होलि हिमाली तथा पहाडी जिल्लामा आज बिहीबार र तराईका जिल्लामा भोलि शुक्रबार मनाइंदैछ।

यो पनि पढ्नुहोस :

शेर्पा संरक्षण समाजको ग्याल्वो-ल्होसार बनभोज ‘कार्यक्रम ,शेर्पा बाबु-छोरा सम्मानित

LEAVE A REPLY